feedback

मनकामना मन्दिरको जीर्णोद्धारका लागि आज क्षमा पुजा

गोरखा, १५ फागुन । मनकामना मन्दिरको जीर्णोद्धारका लागि आज क्षमा पुजा गरिएको छ ।
गोरखाको मनकामना नमुना गाविसमा रहेको मन्दिर जीर्णोद्धारका लागि साईत हेर्न पुर्व क्षमा पुजा गरिएको हो । गत माघ २९ गते पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको उपस्थितिमा  बसेको बैठकले गरेको निर्णय अनुसार आज क्षमा पुजा गरिएको हो ।
क्षमा पुजा गरेपछि  फागुन मसान्त भित्रमा साईत हेरी मन्दिर खोल्ने जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । बेलाबखतमा जाने भुईचालो र मुसाले पर्खाल  खोतोल्ने लगायतका काराणले करिब ३ सय बर्ष पुरानो मनकामना मन्दिर दक्षिणपट्टी ६ ईन्च ढल्केको प्राविधिकहरुले बताएका छन् ।
मनकामना मन्दिरमा दैनिक ३५ सयदेखी ५ हजार सम्म दर्शनार्थीहरु आउने गर्दछन् । जीर्णोद्धारको अवधीमा पनि दर्शनार्थीहरुलाई मन्दिर दर्शन र पुजाका लागि व्यवस्था मिलाईने मनकामना मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले  बताउनुभयो । अहिले सम्म मनकामना मन्दिर जीर्णोद्धारका लागि नेपाल सरकार बाट ४ करोड तथा भक्तजनहरुबाट चन्दास्वरुप ४ करोड गरि  ८ करोड रकम जम्मा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

Leave a Comment

*