feedback

सूचना प्रविधिको क्षेत्रमा युवालाई आकर्षित गर्न उद्योगमन्त्रीको आग्रह

काठमाडौ, १६ पुस। उद्योगमन्त्री महेश बस्नेतले सूचना प्रविधिको क्षेत्रमा युवालाई आकर्षित गर्न लगानी मैत्री वातावरण बनाउन मन्त्रालय अग्रसर रहेको बताउनुभएको छ ।
आज उद्योगमन्त्रालयमा आयोजित “आर्थिक सम्बृद्धिका लागि युवा उद्यमशीलताको विकास” विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गदैँ उहाँले युवा उद्यमशील कार्यक्रम अन्र्तगत मन्त्रालयले “नविन विचार कोष” सञ्चालनको अन्तिम चरणमा रहेको बताउनुभयो । मन्त्री बस्नेतले प्रशासनिक  क्षेत्र र दलका नेताहरुले सूचना प्रविधि क्षेत्रको विकासका लागि चासो नदेखाएकाले यस क्षेत्रको विकास चाहे बमोजिम हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले यस क्षेत्रको विकासका लागि राजनीतिक अस्थिरता प्रमुख कारक रहेको समेत बताउनुभयो । माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रमुख एलन विलोचन तुलाधारले सूचना प्रविधि नीतिमा युवा उद्यमशिल तथा पुँजीको पहुँच पु¥याउने कार्यक्रम रहेपनि सो को पूर्णरुपमा कार्यन्वयन आउन नसकेको उल्लेख गर्नुभयो । काठमाडौ विश्वविद्यालय, सोचदेखि उद्योगसम्म (आइडिया स्टुडियो)का प्रतिनिधि रुपेशकृष्ण श्रेष्ठले लगानीको क्षेत्रमा युवा मैत्री उद्योग नीति र कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

 

Leave a Comment

*