feedback

युवासभासदहरुले शीर्ष नेतालाई दवाव दिने

काठमाडौ, १६ पुस। सत्तारुढ दल आवद्ध युवा सभासदहरुले माघ ८ मा संविधानको मस्यौदा मात्रै भए पनि जारी गराउनका संविधानसभाभित्रै दवाव सृजना गर्ने भएका छन् ।
धर्ना, अनसन एवं शीर्ष नेताहरुलाई घेराउ गर्नेसम्मका दबाव अभियान सञ्चालन गर्ने आज सभासदहरुको भेलाले निणर्य गरेको छ ।
५० वर्षभन्दा कम उमेर समूहका सभासदहरुको भेलाले पुस २५ गते सभासदको वृहत भेला गरेर दवाव कार्यक्रम तय गर्ने निणर्य गरेको छ ।
शीर्ष नेताहरुका कारण नै संविधान असफल हुन लागेको भन्दै युवा सभासदहरुले दवाव अभियान ल्याउन लागेको सभाद गरिमा शाहले जानकारी दिनुभयो । दबाव अभियानका लागि बोलाइएको भेलामा विपक्षी दलका सभासदहरुको भने सहभागिता थिएन ।

 

Leave a Comment

*