feedback

एमालेका कार्यविभाजन हुन केही दिन लाग्ने

काठमाडौँ, १५ पुस । नेकपा (एमाले) को केन्द्रीय पदाधिकारी र सदस्यको कार्य विभाजनको निर्णय हुन अझै केही दिन लाग्ने देखिएको छ ।
यही पुस १ गते सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले कार्यविभाजन र कार्ययोजनाबारे निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई हस्तान्तरण गरेपनि यी विषयमा स्थायी कमिटीमा छलफल भएको छैन ।
केन्द्रीय कमिटीले ती कार्यसूचीमा सदस्यको सुझाव सङ्कलन गरी १० दिनभित्र निर्णय गर्ने अधिकारी स्थायी कमिटीलाई दिएको थियो । यही पुस ११ गतेको स्थायी कमिटीको बैठकले पाँच नेतालाई स्थायी कमिटीमा मनोनित गरेको भने केन्द्रीय सचिवालयले कार्यविभाजन र कार्यसूचीबारे गृहकार्य गरिरहेको छ ।
एमालेका सचिव गोकर्णराज विष्टका अनुसार कार्यविभाजन र कार्ययोजनाबारे गृहकार्य भइनसकेको र केही दिनपछि मात्रै निर्णय हुने बताउनुभयो ।
प्रमुख नेताहरू संविधानका अन्तरवस्तुबारे अन्य दलसँगको छलफलमा ब्यस्त भएकाले पनि स्थायी कमिटी बस्न नसकेको बुझिएको छ ।
गत असार १९ देखि साउन १ गतेसम्म नवौं महाधिवेशन सम्पन्न भएयता एमालेका कार्य विभाजन हुन सकेको छैन ।

 

Leave a Comment

*