feedback

संवाद समितिका सभापति भट्टराईद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौ, १४ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले नेपाली क्रिकेट टीमको सफलताका लागि  बधाई दिनुभएको छ ।
नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन बनेकोमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कामार्फत सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापिकलाई भट्टराईले बधाई दिनुभएको हो । सभापति भट्टराईले कप्तान खड्कालाई आज विहान टेलिफोन गरी नेपाली क्रिकेट टीम, कप्तान र प्रशिक्षकलाई बधाई दिनुभएको भट्टराईको निजी सचिवालयले जनाएको छ ।
देशमा चौतर्फी अन्योल र निराशा छाइरहेको वेला नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गरेर सम्पूर्ण देशवासीमा आशा र विश्वासको सकारात्मक वातावरण निर्माण गरेको भट्टराईले कप्तान खड्कासँग वताउनुभएको थियो ।

 

Leave a Comment

*