feedback

सनि लियोन अग्रस्थानमा

सन् २०१३ मा इन्टरनेटमा सबैभन्दा बढी सर्च गरिएकी पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोन सन् २०१४ को सुरुआत मै मोबाईल ऐपमा समेत छाएर आफूलाई अग्रस्थानमा राख्न सफल भएकी छिन् । सनी लियोनको आधिकारिक ऐपमा सबैभन्दा बढी डाउनलोड गरिएको ऐप बनेको छ । समाचारअनुसार यो ऐप अहिलेसम्म तीन लाखभन्दा बढी डाउनलोड भइसकेको छ। यो अवस्था यो निःशुल्क ऐप सार्वजनिक भएको एक महिनाको हो । यही वर्ष जनवरीमा गुडगाउँको एक कम्पनीले सनी लियोनको आधिकारिक ऐप लन्च गरेको थियो । सनी लियोन मोबाइल ऐपको माध्यमबाट प्रयोगकर्तालाई सनीको फोटो, भिडियो र बालपेपर उपलव्ध हुन्छ । तर, बयस्क सामग्री हेर्न चाहनेहरुको आशा भने यहाँ पूरा हुँदैन । यो ऐप इन्ड्रोयड, आइओएस र विन्डोजमा आधारित फोनमा डाउनलोड गर्न सकिन्छ । यसका साथै सनीका प्रशंसकलाई आकर्षित गर्न प्रतियोगिता पनि यो ऐपको एउटा हिस्सा हो । यसरी नै गत वर्ष नोभेम्बरमा जारी गरिएको सचिन तेन्दुलकरको ऐप पनि प्रतिदिन ३ हजार पटकसम्म डाउनलोड गरिएको थियो। यद्यपि सचिनको ऐप सनी लियोनभन्दा निकै पछाडि पर्दै करिब एक लाखपटक मात्र डाउनलोड भएको थियो। चर्चित र लोकप्रिय हस्तीहरुको ऐपको माध्यमबाट मोबाइल बजारमा कदम राख्ने एउटा उत्तम विजनेश आइडिया बन्दै गएको छ । कम्तीमा पनि यो दुई ऐपको तिब्रताका साथ बढिरहेको ग्राफले त्यसैको संकेत गरेको छ। एजेन्सी

Sunny Leon

 

Leave a Comment

*