feedback

मुस्लिम सभासदहरुलाई सम्मान

काठमाडौं, १६ माघ ।
राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम सभासदह्रुको सम्मान र स्वागत गरेको छ । मुस्लिम आयोगकै सभाकक्षमा एउटा कार्यक्रम गरी विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने मुस्लिम सभासदहरुलाई आयोगले स्वागत र सम्मान गरेको हो ।
आयोगको अध्यक्ष निर्दोष अलीको अ्रध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमा १६ जना सभासदहरुलाई दोसल्ला ओढाई आयोगका सदस्यहरुले सम्मान र स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा नेपाली कांग्रेसका सभासद् फर्मुल्ला मन्शुर, एमालेका जुनैद अन्सारी, एकीकृत माओवादीका जाकिर हुसैन, मधेशी जनअधिकार फोरमका लालबाबु राउत, संघीय समाजवादी पार्टीका कासिम अली सिद्दिकी र स्वतन्त्र सभासद् अतहर कमाललगायत १२ जना सभासद्हरुले मन्तव्य राखेका थिए ।
‘मुस्लिम एउटा राष्ट्रिय समुदाय हो । संविधानसभाले मुस्लिम समुदायलाई एउटा प्रमुख राष्ट्रिय समुदायको रुपमा स्वीकार नगरेसम्म संविधानसभाले मुस्लिममैत्री संविधान दिन सक्दैन । तसर्थ, मुस्लिम सभासद्हरुले एक स्वरमा आफ्नो पार्टीहरुसमक्ष र संविधानसभामा पृथक पहिचान र राष्ट्रिय समुदायको घोषणाको लागि आवाज बुलन्द गर्नृपर्छ । मुस्लिम सभासदहरु एक साथ आफ्नो पार्टी र संधिधानसभामा यसका लागि लामो लडाइ लड्नु पर्छ’ कार्यक्रममा एमाओवादी सभासद् जाकिर हुसैनले बताए ।

कार्यक्रममा ७ जना महिला सभासद्हरुको समेत उपस्थिति थियोे । कार्यक्रममा आयोगका सदस्य सचिव शम्शेर अली लगायत अन्य सदस्यहरुले मुस्लिम आयोगलाई सभासद्हरुले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

 

Leave a Comment

*