feedback

लिस्वोनका लागि नेपाली अवैतनिक वाणिज्यदूत नियुक्त

काठमाडौ, १६ माघ ।

नेपाल सरकारले पोर्चुगलको राजधानी लिस्वोनमा क्षेत्राधिकार रहने गरी श्री मकर बहादुर हमाललाई नेपाली अवैतनिक वाणिज्यदूत पदमा नियुत्त गरेको छ ।
यस सम्बन्धमा बुधबार नेपाली राजदूतावास पेरिसमा एक समारोहका बिच फ्रान्सका लागि नेपाली राजदूत तथा पोर्चुगलका लागि गैर आवसीय राजदूत श्री मोहनकृष्ण श्रेष्ठले श्री हमाललाई निजको कर्तव्य र उत्तरदायित्व बारे अवगत गराउनुका साथै वहांको नियुक्ति पत्र हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा आफ्नो छोटो मन्तब्य दिनु हुदै राजदूत श्रेष्ठले श्री हमालको नियुक्तिले लिस्वोनमा बसोबास गरी बसेका नेपालीहरुलाई ठूूलो सहयोग मिल्नुको अलावा अवैतनिक नेपाली वाणिज्यदूत लाई तोकिएको काम,कर्तब्य र जिम्मेवारी पूरा गर्नुका साथै वहांले नेपाल तथा पोर्चुगल बिच रही आएको सम्बन्धमा योगदान गर्ने आशा ब्यक्त गर्नु भयो ।
नवनियूक्त अवैतनिक बाणिज्यदूत श्री हमालले आफ्नो नियुक्ति पत्र बुझि लिई आफ्नो कांधमा आएको जिम्मेवारी पूरा गर्न सदा सजग रही काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

peris

 

Leave a Comment

*