feedback

विषादीलाई ओखतिको रुपमा नभई विषकै रुपमा ग्रहण गर्न आग्रह

अनन्तप्रकाश सुवेदी
मंगलपुर, चितवन ।

आम जनतालाई बाच्नका लागि खाना खिलाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको किसानलाई जबरजस्ति अनैतिक व्यवसायमा लिन किसान बनाइरहेको दुःखेसो पेश गरे चितवन मंगलपुरका किसानहरुले । कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाको कृषिमा विषादीको प्रयोग सम्बन्धि गाविस स्तरिय भेलामा सहभागि किसान, स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु तथा कृषि विज्ञहरुको सो निचोड रहेको थियो । स्थानिय रुपमा उत्पादन हुने प्रांगारिक मल, जैविक विषादी तथा किसानले वर्षाैं उपयोग गरिरहेको स्थानिय प्रविधिलाई प्रोत्साहन नगरेर रसायनिक मल, विषादी तथा बाहिरि प्रविधिलाई प्रोत्साहन गरेर र उस्तै परे असिमित अनुदान दिएर गरिव किसानलाई झन् मर्कामा पारिरहेको भेलामा सहभागिहरुको राय थियो ।
कार्यक्रममा सो परियोजनाबाट गरिएको निरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कृषि विज्ञ सुन्दर तिवारी तथा जनस्वास्थ्य विज्ञ दिपक ज्ञवालिले आम किसानहरुमा विषादी सम्बन्धि जनचेतना केही मात्रामा भएको तर त्यस प्रति हेलचेक्राइले गर्दा कहीले काही गम्भिर समस्या पनि पु¥याउने गरेको विभिन्न उदाहरणहरु सचित्र पनि प्रस्तुत गर्नु भएको थियो । चितवनको जम्मा २६६ जना किसानहरुमा गरिएको सो अध्ययन स्थानिय आइ पि एम मा लामो समय लाग्नु भएका अगुवा कृषक लगाएतको सहभागितामा गरिएको थियो । सो अध्ययनको निष्कर्ष प्रस्तुत गर्नुहुँदै कृषि विज्ञ तिवारीले जनचेतना र विषादी छर्ने तालिमको अभाव किसानमा रहेको बताउँदै यसमा ध्यान दिनु पर्ने र सँग सँगै नीति नियममा पनि केही जोड दिनुपर्ने बताउनुभयो ।
अध्ययनको क्रममा किसानहरुले विषादी छर्दा मास्क, पञ्जा, टोपि, चस्मा, गमबुट लगायतको सावधानिका उपायहरुको उपयोग कम गर्ने गरेको, विषादी ट्यांकीमा भर्दा सजिलोको लागि पानिको मुहानमा नै भर्ने गरेको, विषादीको प्याकेटहरुलाई खोलामा बगाउने लगायतको कार्य गर्ने गरेको, विषादी छरेर केही बेरमा वा भोलि पल्ट नै तरकारी बजारमा बेच्न लैजाने गरेको लगायतको किसानको ठाउँमा हेलचेक्राइ गरेको पाइएको सो अवसरमा बताइयो । विषादी छनोट र छर्ने गरिका, विषादीको मात्राहरु मिलाउँदा प्राय किसानहरुले एग्रोभेटहरुको भर पर्ने गरेको तर एग्रोभेट संचालकहरु आफूमा धेरै ज्ञान नभएको र किसानहरुलाई राम्रोसँग बुझाउँन नसकेको कारणले गम्भिर दुर्घटनापनि हुन सक्ने देखिएकाले गाउँ गाउँमा सरकारी तवरबाट खटिने कृषि प्राविधिकको खाँचो टड्कारो रुपमा देखिएको सो अवसरमा सहभागि किसानहरुले महसुस गरे ।
सो छलफलमा आफ्नो मन्तव्य राख्नुहुँदै स्थानिय स्वास्थ्य चौकि प्रमुख ईश्वरा तिवरीले जसरी स्वास्थ्यकर्मिहरु एच आइ भि बिरामिको उपचार गर्दा हातमा पञ्जा, मास्क लगायतको सावधानि अपनाउदा अपनाउँदै चप्पलमात्र लगाएमा खुट्टाको नंगको छिद्राबाट सो रोग सर्न सक्ने ०.०५ प्रतिशत मौका रहने बताउँदै विषादीको पनि उत्तिकै जोखिम रहेको र आफूले पनि कृषकले विषादी प्रयोग गर्दा सावधानि नअपनाएका कारणले ज्यान नै गएको र शाररिक रुपमा अपांग नै भएको विभिन्न उदाहरण प्रस्तुत गर्नुहुँदै यस सम्बन्धमा जनचेतना थप फैलाउनु पर्नेमा जोड दिनुभयो ।
सो छलफलमा सहभागि अधिकांशले विषादीको प्रयोग किसानले अन्तिम अवस्थामा मात्र प्रयोग गर्नुपर्ने र सो प्रयोग गर्दा पनि उचित सावधानि अपनाउनु पर्ने धारणा राखेका थिए । राष्ट्रिय कृषक संघ महासंघकी केन्द्रिय सदस्य तथा आइ पि एम कृषक रिता बस्ताकोटीले विषादी रहित कृषिमा सबैको जोड रहनुपर्ने बताउँनुहुँदै विषलाई विषकै रुपमा लिनुपर्ने र त्यसलाई औषधिको रुपमा नलिनुहुन सम्पुर्णलाई आग्रह गर्नुभएको थियो ।
स्वास्थ्य चौकि मंगलपुरकी प्रमुख ईश्वरा तिवारीको सभापतित्व सम्पन्न सो कार्यक्रममा परियोजनाका फिल्ड कोअडिैनेटर दिपक ज्ञवालि, कृषि विज्ञ सुन्दर तिवारी, स्थानिय राजनैतिक दलका प्रतिनिधि, जिल्ला कृषि कार्यलयका प्रतिनिधि, पत्रकार, किसान लगायतको उपस्थिति थियो ।

 

Leave a Comment

*