feedback

नेपाली काङ्रेस केन्द्रिय समीतीको प्रेस वीज्ञप्ती

पुस ८, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा हिजो २०७० पुस ७ गते बसेको बैठकले गरेको निर्णय नं. २ मा सुझाव समितिको सदस्यमा केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नाम प्राविधिक कारणवस छुट हुन गएकोले समावेश गरिएको छ । केन्द्रीय कार्यसमितिबाट पारित निर्णय नं. २ यस प्रकार छ-

निर्णय नं. २
एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन कार्यविधि सम्बन्धमा राजनीतिक दलहरुसँग छलफलका लागि “विगतको संविधानसभा नियमावली तथा संविधानसभाले गरेका काम कारवाही” को समिक्षा गरी सुझाव पेश गर्न निम्न प्रकार सुझाव समिति गठन गरियो ।
संयोजक – श्री नरहरि आचार्य
सदस्य – श्री फरमूल्लाह मंसुर
सदस्य – श्री भीष्मराज आङ्दम्वे
सदस्य – श्री नविन्द्रराज जोशी
सदस्य – श्रीमती पार्वता डी.सी. चौधरी

चिनकाजी श्रेष्ठ
मुख्य सचिव

 

 

Leave a Comment

*