feedback

कलिवुड – मनकारी मञ्जु

kollywood-model

कसैलाई नाइँ भन्ने बानी छैन उनको। त्यसैले साथीभाइ आफन्तको सधैं नजिक हुन्छिन मञ्जु मगर (१९)। झापा बुधबारेकी मञ्जु आशालाग्दी नृत्यांगना हुन। ५ फिट २ इन्च अग्ली मञ्जु नृत्य प्रतियोगिता छमछमी पहिलो सिजनकी सेकेन्ड रनर्सअप हुन्। अहिले राजधानीका विभिन्न स्कुलमा नृत्य प्रशिक्षणमा व्यस्त मञ्जुले आफ्नो नृत्य क्षमता नेपालका सबैजसो स्थानमा प्रस्तुत भैसकेको छ भने कोरिया, सिंगापुर र हङकङमा पनि उनले प्रतिभा प्रस्तुत गरिसकेकी छिन्। फुर्सदमा फेसबुकमा समय बिताउने मगर भविष्यमा राम्रो नृत्य निर्देशक बन्ने लक्ष रहेको बताउँछिन्। अभिनयमा पनि जम्नेसुर छ उनको। उनको विशेष रुचि सांस्कृतिक, शास्त्रीय तथा पश्चिमेली नृत्यमा छ। हाल काठमाडौं, नख्खीपोटमा बसोबास गरीरहेकी मञ्जुले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।

 

Leave a Comment

*